You are viewing the translated version of केन्द्रको काम, कर्तव्य र्‌ अधिकार.

Section 15
केन्द्रको काम, कर्तव्य र्‌ अधिकार
यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त केन्द्रको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) समितिको सचिवालयको रूपमा रही आवश्यक कार्य गर्ने,
(ख) जीवनाशक विषादीको पञ्जीकरण तथा पुनः पञ्जीकरणको व्यवस्था
मिलाउने,
(ग) जीवनाशक विषादीको पञ्जीकरण गर्दा अपनाउनु पर्ने प्रक्रिया तथा कार्यविधि निर्धारण गर्ने,
(घ) जीवनाशक विषादीको पञ्जीकरण, पुनः पञ्जीकरण वा पञ्जीकृत विषादीको नवीकरण गर्नको लागि प्राप्त हुन आएका निवेदनहरू उपर छानबिन गर्ने,
(ङ) जीवनाशक विषादीको पञ्जीकरण तथा पुनः पञ्जीकरण गरी प्रमाणपत्र दिने र सोको नवीकरण गर्ने,
(च) जीवनाशक विषादी सम्बन्धी कार्य गर्न इजाजतपत्र दिने तथा सोको नवीकरण गर्ने,
(छ) जीवनाशक विषादीको प्रयोगको लागि तोकिए बमोजिमका पूर्वाधार तयार गर्ने,
(ज) विषादी प्रयोग गर्दा आवश्यक पर्ने उपकरणहरूको मापदण्ड तोक्ने,
(झ) समितिले तोकेका अन्य काम गर्ने,
(ज) तोकिए बमोजिमका अन्य काम गर्ने।